ओखलढुङ्गा जिल्लामा मतदान बिथोलिएको र गोली लागेर एक जना घाइते भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मदन केसीले विज्ञप्ति जारी गर्दै उक्त हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्। उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको छ।
प्रहरीले निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले फैलाइएका यस्ता अफवाहबारे छानबिन भइरहेको र संलग्न व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ। साथै आधारहीन हल्लामा विश्वास नगरी निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरिएको छ।





