सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेटमा काठमाडौंबाट सुर्खेत पुगेको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो।



जहाजमा ५० जना यात्रु सवार थिए। अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा टायर पड्किएको जनाइएको छ। घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको भुलले जानकारी दिएका छन्।

घटनापछि जहाजलाई ग्राउन्डेड गरिएको छ भने सुर्खेत–काठमाडौं उडान रद्द गरिएको छ। प्राविधिक जाँच तथा आवश्यक मर्मतको प्रक्रिया अघि बढाइएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय