राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज फिर्ता आएको छ । मंगलबार बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच (ह्याकिङ) को प्रयास गरेपछि सुरक्षा संवेदनशीलताका कारण मेटाले ‘लक’ गरिदिएको उनको पेज बुधबारदेखि पुन: सञ्चालनमा आएको हो ।

सभापति लामिछानेले एक पोस्ट गर्दै आफ्नो फेसबुक पेज पुनः नियन्त्रणमा आएको जानकारी दिए । “पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्तत:मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु । चासो र चिन्ता गर्नु हुने सबैको जानकारीका लागि यो पोस्ट सार्वजनिक गर्न चाहेको छु। सबैलाई धन्यवाद ।”



यसअघि मंगलबार लामिछानेको सचिवालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहानैदेखि पेजमा ह्याकरहरूले आक्रमणको प्रयास गरेको जानकारी दिएको थियो । पटक-पटकको अनधिकृत प्रवेशको प्रयासपछि फेसबुकको मातृ कम्पनी मेटाले स्वतः सुरक्षा प्रक्रिया अपनाउँदै पेजलाई अस्थायी रूपमा बन्द गरिदिएको थियो ।

पेज लक भएको अवधिमा त्यहाँबाट कुनै पनि सामग्री पोस्ट हुन सकेको थिएन । सचिवालयले उक्त अवधिमा कुनै शंकास्पद लिङ्क वा सन्देश सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न समेत आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय