निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडिरहेको आशंकामा बैतडीमा एक जना पक्राउ परेका छन्।

बैतडीको दोगडा केदार गाउँपालिका क्षेत्रबाट नेपाली कांग्रेसका ५२ वर्षीय भानदेव भट्टलाई नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



स्थानीय बासिन्दाबाट प्राप्त सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि भट्टलाई नियन्त्रणमा लिई खोचलेक प्रहरी चौकीमा बुझाएको थियो। त्यसपछि थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय बैतडी पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भट्टको साथबाट ७९ हजार ५ सय रुपैयाँ नगद तथा निर्वाचनसम्बन्धी केही प्रशिक्षण सामग्री बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय