मौन अवधिमा निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जालमा सामग्री पोस्ट गरेको उजुरी परेपछि चितवन प्रहरीले टिकटकर तथा युट्युबर रतन कार्कीसँग सोधपुछ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मौन अवधिमा पोस्ट गरिएका सामग्री हटाउन सहमत भएपछि कार्कीलाई छाडिएको हो।



प्रहरीका अनुसार कार्कीले बुधबार केही राजनीतिक दलका उम्मेदवारहरूसँग लिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। मौन अवधिमा यस्ता सामग्री सार्वजनिक गर्नु निर्वाचन आचारसंहिताविपरीत हुने भएकाले उजुरीका आधारमा उनलाई सोधपुछका लागि बोलाइएको थियो।

प्रहरीले निर्वाचन अवधिमा आचारसंहिता पूर्णरूपमा पालना गर्न सबैलाई आग्रह गर्दै उल्लंघन गरे कानुनी कारबाही हुन सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय