टिकटक तथा युट्युबमार्फत भिडियो सामग्री बनाउँदै आएका रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको पक्षमा भिडियो पोस्ट गरेको सूचना प्राप्त भएपछि कार्कीलाई सम्पर्क गरी कार्यालयमा उपस्थित गराइएको हो।



“मौन अवधिमा भिडियो पोस्ट गरेको विषयमा सोधपुछ गर्नका लागि बोलाएका हौँ,” डिएसपी खनालले बताएका छन्।

प्रहरीका अनुसार निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै पनि उम्मेदवार वा दलको पक्ष वा विपक्षमा प्रचार सामग्री पोस्ट गर्न निषेध गरिएको छ।

टिकटकर कार्की जापानमा बस्दै आएका थिए। केही दिनयता नेपाल फर्किएर चुनावी माहोलसम्बन्धी भिडियो तयार गरी टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय