जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सिरहा क्षेत्र नम्बर–३ का उम्मेदवार अशेश्वर यादव मौन अवधिका बेला नगदसहित पक्राउ परेका छन्। मंगलबार राति उनीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त सुरक्षा चेकजाँचका क्रममा रोकेको थियो।



जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीले गाडीबाट केही मतपत्रसम्बन्धी सामग्री समेत फेला परेको दाबी गरेको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय सिरहामा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

निर्वाचनको मौन अवधिमा नगदसहित उम्मेदवार पक्राउ परेपछि जिल्लामा राजनीतिक सरगर्मी बढेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय