latest
सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||   
मंगलबार , भाद्र ३१, २०८२

भरतपुर-२९ घुमाउनेमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा १५ जना यात्रु घाइते भएका छन्।

बिहान सवा ७ बजेतिर नारायणघाट-मुग्लिन सडकको घुमाउनेमा बस डिभाइडरमा ठोक्किएको थियो।

महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको सु.प्र.प्र.०२-००१ ख १३३२ नम्बरको बस दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको डिएसपी भेषराज रिजालले जानकारी दिए।

घाइतेहरू १५ जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएको छ।

दुर्घटनामा परेको बस सडक किनारमा लगाइएको बारले छेकेकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय