ललितपुर महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा निर्वाचन गस्तीमा खटिएका प्रहरी टोलीमाथि गएराति पौने ११ बजे केही व्यक्तिहरूले ढुंगामुढा गरेका छन्। प्रहरीका अनुसार, आक्रमणकारीहरूले प्रहरीमाथि हातपात गरेपछि टोलीले आत्मरक्षाका लागि १ राउन्ड हवाइ फायर प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो।

घटनामा संलग्न चार जनालाई पक्राउ गरी जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। पक्राउ पर्नेहरूमा मकवानपुर गढी–२ का २९ वर्षीय विकास (बुद्ध) तामाङ, सल्यान दार्मा–३ का २० वर्षीय रमेश शाही, २० वर्षीय शंकर शाही र रुकुम सानोभेरी–२ का २२ वर्षीय राजु मगर रहेका छन्।



घटनामा घाइते भएका प्रहरी कर्मचारीको किष्ट अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय