सुनसरी क्षेत्र नम्बर–४ बाट एमालेमा प्रवेश गरेका नेता अबुल हुसेन अन्सारीले मौन अवधिमा सामाजिक सञ्जालमार्फत पार्टीका उम्मेदवारहरूको पक्षमा भोट मागेको पाइएको छ। सोमबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिमा अन्सारीले २६ वटा पोस्ट/शेयर गरेका थिए, जसमा अधिकांश निर्वाचन र एमालेसँग सम्बन्धित सामग्री थिए।

अन्सारीले एमाले उम्मेदवारहरूको पोस्टर अपलोड गर्दै सूर्य चिन्हमा भोट मागेका थिए। यस्तो गतिविधिले निर्वाचन आचारसंहिता, २०८२ को ठाडो उल्लंघन गरेको देखिएको छ।



निर्वाचन आयोगको आचारसंहिताको दफा १७ अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अगाडि देखि मतदान सकिनु नपरेसम्म कुनै पनि किसिमको निर्वाचन प्रचार, सूचना वा सन्देश साझा गर्न निषेध छ। यसमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यम मार्फत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा पोस्ट/शेयर गर्न वा प्रतिक्रिया दिन पनि रोक छ।

नेपाली कांग्रेस परित्याग गरी गत ५ माघमा एमाले प्रवेश गरेका अन्सारीलाई सुरुमा सुनसरी–४ बाट टिकट दिइएको थियो। पछि सो टिकट खोसिएर एमालेले जगदीश कुशियैतलाई उम्मेदवार बनाएको थियो। टिकट खोसिए पनि अन्सारी पार्टीका उम्मेदवारको प्रचारमा सक्रिय रहेका छन्।

निर्वाचन आयोगले मौन अवधिमा गरिएको यस्तो प्रचारलाई गम्भीर रूपमा हेर्ने र आवश्यक कानुनी कारबाही गर्न सक्ने संकेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय