भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार सोमबार दिउँसो चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा दुर्घटना हुँदा घाइते पाँचमध्ये तीन जनाको मृत्यु भएको छ।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिएअनुसार, घाइतेमध्ये काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा मृत्यु भएको हो।



योगेन्द्र र सुरेन्द्रको उपचार मध्यपुर अस्पतालमा, भने कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते थप दुई जनाको उपचार मध्यपुर अस्पतालमा जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय