काठमाडौँ। सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ।

गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा सम्बन्धी निर्णय गरेको हो। सो निर्णयअनुसार बिदासम्बन्धी विवरण नेपाल राजपत्रमा प्रकाशित गरिएको छ।



राजपत्रमा प्रकाशित सूचनामा वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुने गरी एक वर्षभरिका सार्वजनिक, पर्व तथा सट्टा बिदा र सरकारी कार्यालयको समय तालिका निर्धारण गरिएको उल्लेख छ।

“नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा तथा कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,” राजपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय