latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेखर्क पहरे गाउँमा निरन्तरको वर्षाको कारण पहिरो जाँदा ठुलो जनधनको क्षति भएको छ ।

गए राति ११ : ४५ बजे माथिबाट खसेको पहिलोमा परी प्राप्त जानकारी अनुसार चार वटा घर बगाएको पुष्टि भएको छ । उक्त पहिरोमा परी हाल सम्म ८ जना सम्पर्क विहीन भएका छन् । भने १ जनाको शब् भेटिएको छ


स्थानीय तुल प्रसाद कँडेलले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार दुई जनाको घटना स्थलमा पुगेको प्रहरी सहितको उद्दार टोलीले उद्दार गरिरहेको छ । भने, ८ जना सम्पर्क विहीन भएका छन् । ‘दुई जनाको उद्दार हुँदै छ । ८ जना सम्पर्कमा नरहेको जानकारी छ । सम्पर्कमा नरहेकाहरू फोन नलागेर पनि हुन सक्छ । राति र झरीको कारण पुष्टि गर्न बाँकी छ ।’

साथै, वडा २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल बगाउँदा घटनास्थल सम्म पुग्न समस्या भएको छ । त्यहाँका स्थानीय तुल प्रसाद कँडेलका अनुसार घर, गोठ, पुल सबै बगाउँदा ठुलो जनधनको क्षति भएको छ ।

बस्तीको सिरानमा रहेको खोलाको भीषण आवाजले टोकरपुरको बस्तीको मानिसहरू रातभर जाग्राम बसेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी टोली घटनास्थल तर्फ जाँदै गरेको र ४ घर बगाएको सम्मको जानकारी पाएको सूचना अधिकारी कौशल न्यौपानेले बताए । ‘हाम्रो टोली जाँदै छ । थप जानकारी आउन बाँकी छ ।’

गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगरले चार घर बगाएको पुष्टि गर्दै भनिन् – एक जनाको शव भेटिएको छ । बेपत्ताहरु यकिन हुन बाँकी छ । हामी घटनास्थल तर्फ पुग्दै छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय