काठमाडौँ : निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज गरेपछि मतपत्रमा घण्टी चिह्नमा परेको मतको अवस्था बारे प्रश्न उठेको छ।

निर्वाचन आयोगका अनुसार, मतपत्र छापिएर वितरण भइसकेकोले प्रत्यक्षतर्फको मतपत्रमा घण्टी चिह्न कायम रहनेछ। तर उम्मेदवारी खारेज भइसकेको अवस्थामा उक्त उम्मेदवारको चिह्नमा परेको मत गणना गरिने छैन ।



पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार, २०७९ को स्थानीय चुनावमा गाउँपालिका अध्यक्षको उम्मेदवारी खारेज हुँदा पनि सोही नियम लागू भएको थियो । यसरी उम्मेदवारी खारेज भएको चिह्नमा खसेको मत बदर मानेर गणना नगर्ने व्यवस्था आयोगको ऐनमै उल्लेख छ ।

जसकारण धनुषा–१ मा रास्वपाको उम्मेदवारी नरहेको कारण बाँकी उम्मेदवारको मतमात्र गणना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय