धनुषा। धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन्।

मंगलबार दिउँसो मिथिला नगरपालिका–९ स्थित बडहरी पुलमाथि अज्ञात वस्तु पड्कँदा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ।



विस्फोटमा परी मिथिला–८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र आठ वर्षीय सुशील माझी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषा का प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार दुवैको अवस्था सामान्य रहेको छ।

उक्त वस्तु के प्रकारको थियो भन्नेबारे हालसम्म खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच धनुषा र महोत्तरी जोड्ने रातो पुलमा पनि शंकास्पद वस्तु फेला परेको जानकारी आएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यहाँ सुरक्षा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय