धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरिएको छ।

निर्वाचन आयोग ले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम रहेको प्रमाणित भएपछि साहको उम्मेदवारी रद्द गरिएको जनाएको छ।



आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणमा कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० सालमा कालोसूचीमा परेको देखिएको छ। साथै विभिन्न मितिमा एकल तथा संयुक्त रूपमा चेक अनादरसम्बन्धी कालोसूचीमा समेत उनको नाम उल्लेख भएको पाइएको छ।

कानुनी प्रावधानअनुसार कालोसूचीमा रहेका व्यक्तिले उम्मेदवारी दिन नमिल्ने भएकाले उम्मेदवारी खारेज गरिएको आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय