काठमाडौँ। काठमाडौँको महाराजगन्ज र नैकाप क्षेत्रमा दुई वटा सवारीसाधनमा आगजनी गरिएको अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ का प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार तथा महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यानमा आगजनी गरिएको अवस्थामा भेटिएको हो।
महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिकै भ्यानमा आगो लगाइएको थियो। आगजनी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय समूहले गरेको हुन सक्ने प्रारम्भिक आकलन गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहसँग सम्बन्धित पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान र उद्देश्यबारे विस्तृत अनुसन्धान भइरहेको छ।





