इरानको सरकारी टीभी च्यानलले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँगै उनकी श्रीमती मन्सुरेह खोजस्तेह बाघेरजादेह मारिएको पुष्टि गरेको छ।
बीबीसी फारसीका अनुसार ‘हमसहरी’ पत्रिकाले खामेनीकी पत्नी शनिबार अमेरिका र इजरायलले गरेको आक्रमणमा परी घाइते भएर कोमामा गएको उल्लेख गरेको थियो।
खामेनी दम्पतीका चार छोरा र दुई छोरी थिए।
यसअघि इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि भइसकेको छ।
साथै खामेनी परिवारका धेरै सदस्य र इरान सरकारका अन्य वरिष्ठ नेताहरू पनि मारिएका छन्।





