latest
निकोले चाउसेस्कु र केपी ओलीको अनुहार मात्र हैन, राजनीतिक अवसान पनि उस्तै  ||    ‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन, त्यसैले सबै शक्तिहरू मिल्नुपर्छ’: सागर ढकाल  ||    राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता, अध्यक्ष नाम नै नसुनेका व्यक्ति  ||    हमासले बन्धक बनाएका बेला मारिएका जोशीको शव आज काठमाडौँ ल्याइँदै  ||    फेक अकाउन्टमार्फत् आक्रमणपछि एमाले नेतृ विद्या भट्टराईको प्राज्ञिक जवाफ  ||    महाराजगञ्जमा प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका होमप्रसादले दिए यस्तो बयान-  ||    राजदूत फिर्ता बोलाउन नपाइने भन्दै रिट दर्ता  ||    तिहारभर टिपर सञ्चालनमा रोक  ||   
सोमबार , कार्तिक ३, २०८२

काठमाडौं – आज २०८१ साल भदौ ९ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट २५ तारिख। भद्र कृष्ण पक्षको षष्ठी तिथि। राष्ट्रिय धर्मसभा दिवस, गौरा पर्व समाप्ति।

हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।

यस्तो छ पूजा गर्ने विधि:
आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ।

पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ। त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा।तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्। ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे।

निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस्। यसो गर्दा सुर्य दोष नाश हुने भनाइ छ।धर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय