रहेका सर्वसाधारणलाई बाहिर निकालिएको स्थानीय स्रोतले जनाएको छ।

घटनापछि दुबईका सबै विमानस्थलहरू बन्द गरिएका छन्। Dubai International Airportसहित प्रमुख विमानस्थलबाट आउने–जाने सबै उडानहरू अनिश्चितकालका लागि रद्द गरिएको बताइएको छ। यात्रुहरूलाई विमानस्थल नआउन र थप सूचनाको प्रतीक्षा गर्न आग्रह गरिएको छ।



उता, इजरायलले इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिबार दिनभर तेहरानलगायत सहरमा विस्फोटको आवाज सुनिएको र हवाई हमलाका साइरनहरू बजिरहेको बताइएको छ।

जवाफमा इरानले पनि इजरायलतर्फ प्रतिआक्रमण सुरु गरेको छ। केही मिडिया रिपोर्टका अनुसार इरानले करिब ४०० मिसाइल प्रहार गरेको दाबी गरिएको छ।

मध्यपूर्वको पछिल्लो घटनाक्रमले विश्वभर चासो र चिन्ता बढाएको छ। दुबईमा रहेका नेपालीसहित हजारौँ आप्रवासी समुदाय सुरक्षाको अवस्थाबारे अपडेट लिन आतुर छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय