काठमाडौं – काठमाडौंको कुलेश्वरस्थित जनमैत्री क्याम्पस जाने बाटोमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित डेराबाट कलेज जाँदै गर्दा माघ २९ गते बिहान ६:२० बजे अपरिचित युवकले छात्रालाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।



उक्त घटनामा संलग्न रहेको आरोपमा बाजुराको बडिमालिका नगरपालिका–३ घर भई काठमाडौं–१४ सुनारगाउँ बस्दै आएका गोपाल खड्कालाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय का एसएसपी सन्तोष खड्का ले जानकारी दिएका छन्।

प्रहरीका अनुसार अभियुक्तले न्याथम कलेजबाट बीएचएम अध्ययन गरेका छन्। पछिल्लो करिब डेढ महिनादेखि उनले क्षेत्र परिवर्तन गर्दै विभिन्न स्थानमा छात्राहरूलाई लक्षित गरी यौनजन्य हर्कत गर्दै आएको अनुसन्धानबाट खुलेको छ।

हाल उनी कुपण्डोलस्थित एक होटलमा सेफको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। स्नातक तह अध्ययन गर्ने छात्राहरूलाई लक्षित गरी दुर्व्यवहार गरेको आरोपमा उनीमाथि सार्वजनिक स्थलमा यौनजन्य गतिविधि गरेको कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय