हाँस्यकलाकार चिरञ्जीवी पुडासैनी उर्फ धतुरेकी श्रीमती शर्मिला चौलागाईं ठगी धन्दामा मुछिएको पाइएको छ । उनले दक्षिण ढोका यातायात व्यवस्था कार्यालयबाट धन्दा चलाउने गरेको खुलेको हो । लिखित र ट्रायलमा पास गरिदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको सूचना पाउनासाथ उपत्यका अपराध महाशाखाको टोलीले उनलाई मङ्सिर १७ गते काठमाडौँबाट नियन्त्रणमा लिएको थियो ।

स्रोतका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–५, मूलपानी बस्दै आएकी ३६ वर्षीया चौलागाईंले यातायात कार्यालयमा कार्यरत कर्मचारीसँग दोस्ती छ भन्दै प्रतिव्यक्ति ७ हजार रुपैयाँ लिने गरेकी थिइन् । चौलागाईंले सात वर्षदेखि अनलाइन फारम भर्ने अफिस सञ्चालन गर्दै आएको र सोही आवरणमा ठगी धन्दा चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



प्रहरीले उनको मोबाइलबाट ग्राहकले पैसा पठाएको स्लिप, म्यासेज तथा लेनदेनका प्रमाणहरू समेत फेला पारेको थियो । अनुसन्धानका क्रममा यातायात कार्यालयका अन्य कर्मचारीसँग समेत मिलेमतो रहेको आशंका गरिएको छ । पत्नीको ठगी प्रकरण सार्वजनिक होला कि भन्ने डरले धतुरे गुपचुप बनाउन निरन्तर लागिपरेको अवस्था छ ।
अपराध महाशाखाले नियन्त्रणमा लिएपछि शर्मिलालाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा बुझाएको थियो । प्रहरी स्रोत भन्छ, ‘हामीले पक्राउ गरेर परिसरलाई जिम्मा लगाएका हौं, १०÷१२ दिनपछि छुटेको हुन सक्छ ।’ आश्चर्यको कुरा त उनका श्रीमान् धतुरे केही समयअघि मात्र कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ मा प्रवेश गरेका छन् । उनले रविलाई सहकारी ठग भन्दै गाली समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय