काठमाडौं – नेपाली कांग्रेसले भोलि (आइतबार) का लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ।
अब घोषणापत्र आगामी ६ गते सार्वजनिक गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनका अनुसार ६ गते मधेश प्रदेशमा आयोजना हुने चुनावी सभाकै अवसरमा घोषणापत्र सार्वजनिक गरिनेछ।
कांग्रेसले यसपटक आफ्नो घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ नाम दिएको छ।
पार्टीले कार्यक्रम स्थगनको कारण भने खुलाएको छैन।






