काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) बिहीबार सर्वोच्च अदालतमा उपस्थित भएर अवहेलना मुद्दाको तारेख बुझेका छन्।

मुद्दा फाँटका एक कर्मचारीका अनुसार बालेन बिहीबार दिउँसो सर्वोच्च अदालत पुगेर तारेख बुझेर फर्किएका हुन्।



वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार बालेन दिउँसो करिब २ बजे एक सुरक्षाकर्मीको साथमा सर्वोच्च अदालत पुगेका थिए। “उहाँ ज्याकेट खोलेर कसैसँग नबोली सिधै नयाँ भवनतर्फ जानुभयो। करिब १० मिनेट जति बसेर तारेख बुझी फर्कनुभयो,” खनालले बताएका छन्।

के हो मुद्दा?

तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म प्रदर्शन नरोक्न काठमाडौं महानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेपछि बालेनले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया दिएका थिए।

उक्त अभिव्यक्तिमा अदालत र सरकारलाई छिमेकी राष्ट्र भारतसँग जोडेर आपत्तिजनक टिप्पणी गरिएको जिकिरसहित अधिवक्ता वर्षा कुमारी झाले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेकी थिइन्।

यस मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले तारिखका लागि वारेश (प्रतिनिधि) राख्न दिने बालेनको माग अस्वीकार गरेको छ। अदालतले स्वयम् उपस्थित हुन आदेश दिएपछि बालेन आफैं सर्वोच्च अदालत पुगेका हुन्।

विवादित अभिव्यक्ति

त्यतिबेला बालेनले सामाजिक सञ्जालमा देशको सार्वभौमिकता र स्वाधीनताको विषय उठाउँदै अदालत र सरकारप्रति कडा टिप्पणी गरेका थिए। सोही अभिव्यक्तिलाई आधार बनाउँदै अवहेलना मुद्दा अघि बढाइएको हो।

तारेख बुझेर फर्किएपछि बालेन पुनः चुनावी अभियानमा सक्रिय भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय