जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता भएको छ।

३७ वर्षीया एक महिलाले माघ २३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिँदै महतले आफ्नो पदको दबाब र प्रभाव प्रयोग गरी पटक–पटक यौन शोषण गरेको आरोप लगाएकी छन्।



जाहेरीमा उल्लेख भएअनुसार गत असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगिएको र न्याय दिलाइदिने प्रलोभन देखाउँदै जबरजस्ती करणी गरेको दाबी गरिएको छ।

घटनापछि पनि विभिन्न बहानामा दबाब दिने र सम्बन्ध कायम राख्न बाध्य पारिएको आरोप पीडितको छ। साथै, जाहेरी दर्तापछि आफूलाई इन्स्पेक्टर महतका आफन्तबाट धम्की आइरहेको गुनासो समेत उनले गरेकी छन्।

प्रहरी स्रोतका अनुसार महत हाल हिरासतमा रहेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यस विषयमा आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय