रामेछापको तामा’कोसीमा बस दुर्घ’टना भएर ज्याने गुमाउने १२ जनामध्येका एक हुन् दीपेश बस्नेत।
मंगलबार आज बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बा प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगर’पालिका ६ बेनीघाट पुल’नजिकैबाट तामाकोसीमा खसेको थियो।
दुर्घ’टनामा परेर ज्या’न गुमाउने दीपेश राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रामेछापको लिखु तामाकोसी गाउँ’पालिकाको संगठन विभाग प्रमुख हुन्।
वैदेशिक रोजगारीका लागि कतार गएर एक वर्षअघि मात्रै फर्किएका दीपेश उक्त बसका धनी समेत रहेको रास्वपा जिल्ला निर्वाचन क्षेत्रीय समितिका सदस्य रमित मानन्धरले जान’कारी दिए। उनका अनुसार दीपेशले ६ महिना’अघि मात्रै उक्त बस किनेका थिए।






