लहानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको छ। लहानका युवा व्यवसायी ओमप्रकाश शर्मा र सन्तोष कुमार पासवानको अगुवाइमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ६३ जना रास्वपामा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुरुषोत्तम यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा लहान नगरपालिकाका विभिन्न वडाबाट उल्लेखनीय सहभागिता देखिएको थियो।



रास्वपामा प्रवेश गर्नेहरूमा बाली गुप्ता (वडा–१), बिकी सुनी (वडा–२), बिनोद चौधरी (वडा–५), अम्रेस (वडा–८), बरुन रौनियार (वडा–१), बिबेक साह (वडा–१०), बिनेस झा (वडा–८), सन्दिप कुमार साह (वडा–११) लगायत अमर यादव, सुवास दास, रञ्जित कुमार साह, गणेश साह, विजय कुमार यादव सहित अन्य गरी कुल ६३ जना रहेका छन्।

कार्यक्रम आयोजक तथा गितान्जली अटो वर्कशपका प्रबन्ध निर्देशक ओमप्रकाश शर्माले देशमा देखिएको परिवर्तनको चाहना र वैकल्पिक राजनीतिप्रतिको बढ्दो विश्वासका कारण राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको बताए। उनले युवा पुस्ता अब पुरानै शैलीको राजनीतिभन्दा नयाँ सोच र जवाफदेही नेतृत्व खोजिरहेको उल्लेख गरे।

संयुक्त आयोजक सन्तोष कुमार पासवानले परिवर्तनको लहर गाउँ–गाउँसम्म फैलिँदै गएको बताउँदै अबको राजनीति जनमुखी र उत्तरदायी हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा पार्टी प्रवेश गरेका नयाँ सदस्यहरूलाई रास्वपाको नीति, विचार र भावी योजनाबारे जानकारी गराउँदै स्वागत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय