निर्वाचन प्रचारका लागि नेकपा एमालेले दमक नगरपालिका–५ मा स्थापना गरेको वडा स्तरीय कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) मत माग्दै पुगेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा निर्वाचन परिचालनका लागि स्थापना गरिएको कार्यालयमा बालेन पुग्दा उनले त्यहाँ उपस्थित एमाले कार्यकर्तासँग हात मिलाउँदै अभिवादन र भेटघाट गरेका थिए। बालेन कार्यालयमा प्रवेश गरेपछि एमाले कार्यकर्ताहरूले पनि उनलाई स्वागत गर्दै हात मिलाएका थिए।



नेकपा एमालेले झापा–५ अन्तर्गतका २९ वटै वडामा वडा स्तरीय कार्यालय स्थापना गरी सक्रिय रूपमा निर्वाचन परिचालन गरिरहेको छ।

झापा–५ यसपटकको निर्वाचनमा चुनावी इपिसेन्टरका रूपमा हेरिएको छ। यस निर्वाचन क्षेत्रबाट यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली लगातार विजयी हुँदै आएका थिए।

यसपटक भने रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै झापा–५ बाट मैदानमा उतारेपछि चुनावी माहोल थप तातिएको छ। बालेनको एमाले प्रचार कार्यालयमै पुगेर मत माग्नुले चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको स्थानीयको प्रतिक्रिया छ।

प्रतिक्रिया

सम्बन्धित खवर