अभिनेत्री प्रियंका चोपडाले आफ्ना ‘मेरी कोम’का सह–अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

सन् २०१४ मा रिलिज भएको चर्चित बलिउड फिल्म मेरी कोमको एक विशेष दृश्य इन्स्टाग्राममा साझा गर्दै प्रियंकाले सुनिल थापालाई सम्झिएकी हुन्। उक्त फिल्ममा सुनिल थापाले प्रियंकाको प्रशिक्षक (कोच)को भूमिका निर्वाह गरेका थिए। फिल्म भारतीय बक्सिङ स्टार मेरी कोमको जीवनीमा आधारित छ, जहाँ सुनिल थापा उपाधिसम्म साथ दिने मार्गदर्शकका रूपमा देखिएका छन्।



इन्स्टाग्राम पोस्टमा प्रियंकाले लेखेकी छन्,
“तपाईं सधैँ मेरो कोच भएर रहनुहुनेछ सर।”

उनले सुनिल थापासँगको व्यक्तिगत सम्झनालाई पनि भावुक शब्दमा उल्लेख गरेकी छन्। प्रियंकाले लेखेकी छन्,

“बुवालाई भर्खरै गुमाउँदा तपाईंले मलाई सम्हालेर राख्नुभयो। तपाईंले मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरूमा थाहा नपाई नै साथ दिनुभयो। तपाईंका न्यानो अंगालो र हाँसो सधैँ मेरा सम्झनामा रहनेछन्।
अत्यन्तै चाँडै जानुभयो, तर कहिल्यै बिर्सिनुहुने छैन। म विचलित भएको समयमा देखाउनुभएको तपाईंको दयालुपनका लागि धन्यवाद।
शान्तिमा विश्राम लिनुहोस्, सुनिल थापा। परिवार र प्रियजनहरूप्रति मेरो गहिरो समवेदना र प्रार्थना।”

प्रियंकाको यो भावुक सन्देशपछि सामाजिक सञ्जालमा सुनिल थापाप्रति श्रद्धाञ्जली सन्देशहरूको ओइरो लागेको छ। नेपाली तथा भारतीय चलचित्र क्षेत्रमा समान रूपमा योगदान दिएका सुनिल थापाको निधनलाई कला जगतले ठूलो क्षतिका रूपमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर