सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको आदेशलाई कायम राख्ने फैसला गरेको हो।
विशेष अदालतले गत मंसिर २१ गते भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो भ्रष्टाचार प्रकरणमा अधिकारीविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।





