रौतहट प्रहरीले स्रोत नखुलेको नेपाली रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको चेकिङ टोलीले गौर नगरपालिका–३ स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रीहरूको चेकजाँच गरिरहेको थियो। सोही क्रममा गौर भन्सार कार्यालयतर्फबाट बिपी चौकतर्फ जाँदै गरेको बि.आर ३० यु ७२४७ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकल चालकको साथबाट स्रोत नखुलेको चार लाख ९९ हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।



पक्राउ पर्नेमा गौर नगरपालिका–१ निवासी नथुनीप्रसाद कलवारका ४४ वर्षीय छोरा राकेश प्रसाद रहेका छन्। बरामद रकमसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय