latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
शुक्रबार , कार्तिक २१, २०८२

झापा बिर्तामोडका व्यवसायी महेन्द्रप्रसाद प्रसाईं आफूले पैसा दिएका ऋणीको घरमा मृत भेटिएका छन् ।

बिर्तामोड-१ सिनेप्लजा नजिकै घर भएका नरेन्द्र मैनालीको घरमा प्रसाईं आज मृत भेटिएका छन् । मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीले बताएको छ ।

मैनालीले प्रसाईंको करोडौँ ऋण नतिरेको भनाइ छ ।

घरजग्गाको व्यवसाय गर्दै आएका प्रसाईं बिएन्डसीको स्थापनाकालमा शेयर सदस्य रहेका थिए ।

मैनालीले प्रसाईंसहित बिर्तामोड र आसपासका व्यवसायीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर भागिरहेको बताइन्छ ।

उनीसहित दुर्गा प्रसाई र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो। नेम्वाङ र मृतक प्रसाई केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए।

महेन्द्र सुरुवाती दिनमा जमिनको कारोबार गर्थे। हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका उनले दुर्गा प्रसाईभन्दा अगाडि भ्रष्टाचारविरोधी अभियान संचालन गरेका थिए। पछि दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय