जनकपुरधाम — नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पुत्ला जलाएर जनकपुरमा विरोध प्रदर्शन गरिएको छ। कांग्रेस नेता विमलेन्द्र निधि निकट युवाहरूले जनकपुरधामको भानुचोक मा पुत्ला दहन गर्दै प्रदर्शन गरेका हुन्।
कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा नेता विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै उनीहरूले महामन्त्री थापाविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले
‘विमलेन्द्र निधि जिन्दाबाद’ र
‘बाख्रारा चोर गगन थापा मुर्दाबाद’
जस्ता नारा लगाएका थिए।
प्रदर्शनकारीहरूले पार्टीभित्रैबाट नेतामाथि भएको दुर्व्यवहार अस्वीकार्य भएको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। उनीहरूले पार्टी नेतृत्वको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।
घटनापछि जनकपुरधाममा केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि स्थिति नियन्त्रणमा रहेको बताइएको छ।






