latest
रामेछाप सल्लेका सन्तोषको साउदीमा मृत्यु, शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अपिल  ||    पोखरामा फेरी के हुदैछ यस्तो ? मुख्यमन्त्रीसम्मै पुग्यो कुरा  ||    आफ्नै छोरीको अश्लील भिडिओ फेसबुक स्टोरीमा राखेपछी…प्रहरीसामू दिए यस्तो बयान  ||    केहि गरि त्यो रात प्रहरी नपुगेको भए नेपालीको अरबौ स्वाहा हुने रहेछ  ||    हामी झोले हैनौ भन्दै एमाले कार्यकर्ताले नै दिए ओलीलाई काउन्टर  ||    गएरातिदेखि नै चल्न थाले सार्वजनिक यातायात  ||    भोलिदेखि सार्बजनिक यातायात चल्ने, यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता  ||    यो घर भित्र हुथ्यो यति ठुलो कारोबार, मासिक ८० हजार रुपैयाँसम्म तलब दिएर….  ||   
बुधबार , जेठ २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले लामिछानेको दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि पक्राउ गर्न ढिलाई गर्न नहुने बताए ।

नेता बस्नेतले सरकार र गृहमन्त्री आफ्नै हुँदा पनि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो भन्दै प्रश्न गरे।

नेता बस्नेतले भने,’दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो । तुरुन्त थुनौं ।’

उनले लामिछानेलाई पक्राउ नगर्ने हो भने प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने समेत बताए ।

नेता बस्नेतले नेताहरुलाई छुट दिँदा जनतालाई किन छुट नदिने भन्दै प्रश्न समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय