ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरबाट पेस्तोल फेला परेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार मंगलबार दिउँसो पार्टी कार्यालय परिसर सरसफाइ गर्ने क्रममा झाडीभित्र लुकाइएको अवस्थामा पेस्तोल भेटिएको हो।

फेला परेको पेस्तोल खिया लागेको र प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ। प्रवक्ता जोशीले उक्त हतियार जेन्जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको तथा हराएको हतियार हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।

उनका अनुसार हतियार कसले लुट्यो, कसले कार्यालय परिसरमा ल्याएर लुकायो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान थालेको छ। घटनास्थल सुरक्षित गरी आवश्यक प्राविधिक परीक्षणसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय