अमेरिकाको न्यु जर्सी राज्यमा दुईवटा हेलिकोप्टर आकाशमै ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

न्यु जर्सीको ह्यामन्टनस्थित ह्यामन्टन म्युनिसिपल एयरपोर्ट नजिकै स्थानीय समयअनुसार बिहान ११:२५ बजे उक्त दुर्घटना भएको हो। एसोसिएटेड प्रेसका अनुसार एट्लान्टिक काउन्टीको सानो एयरफिल्ड नजिकै उडिरहेका दुई हेलिकोप्टर आपसमा ठोक्किएका थिए।

ह्यामन्टन प्रहरी प्रमुख केभिन फ्रिलले विमानस्थल नजिकै हवाई दुर्घटनाको सूचना प्राप्त भएपछि तुरुन्तै आपतकालीन टोली घटनास्थलमा पठाइएको जानकारी दिए। दुर्घटनास्थलबाट प्राप्त भिडियोमा हेलिकोप्टर जमिनमा खस्नुअघि तीव्र गतिमा घुमिरहेको देखिन्छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि घटनास्थलमा आगलागी भएको थियो, जसलाई प्रहरी र अग्निनियन्त्रक टोलीले नियन्त्रणमा लिएका थिए।

संघीय उड्डयन प्रशासन (FAA) ले एनस्ट्रोम एफ–२८ए र एनस्ट्रोम २८०सी मोडेलका हेलिकोप्टरबीच ठक्कर भएको पुष्टि गरेको छ। दुर्घटनाको समयमा दुवै हेलिकोप्टरमा पाइलट मात्रै सवार थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय