latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन्।

पार्टीले भदौ ५ गते सोधेको स्पष्टीकरणको जवाफ फर्काउँदै उनले सामाजिक सञ्जालमा यस्तो आक्रोश पोखेका हुन्। उनले रास्वपालाई ठग, भ्रष्ट र राहदानी दुरुपयोग गर्ने अपराधीको कब्जाबाट मुक्त गर्ने बताएका छन्। ढकालले आफूलाई गलत सावित गर्नसमेत सभापति लामिछानेलाई चेतावनी दिएका छन्। राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुने उनको भनाइ छ।

उनले फेसबुकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ सार्वजनिक गर्दै लेखेका छन्, ‘श्री रवि लामिछाने, तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु। कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्। तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो। राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।’

उता रास्वपा समर्थकले भने मुकुल दोश्रो युवराज सफल बनेको दाबी गरेका छन् ।रास्वपा समर्थक भन्छन पहिला युबराज सफलले मुद्दा हालेर वाक्क लाए अहिले मुकुल ढकालले । रविलाई फसाउन सके पार्टी कब्जा गर्न सक्छु कि भन्ने सोच उनीमा पालेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय