काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् पुनः विस्तार गर्ने तयारी गरेकी छन् । स्रोतका अनुसार नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

शर्मालाई आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको बताइएको छ । यद्यपि, औपचारिक निर्णय भने अन्तिम क्षणसम्म परिवर्तन हुन सक्ने जनाइएको छ ।

पूर्वरथी शर्मा यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरिसकेका छन् । साथै, कोभिड–१९ महामारीको समयमा सीसीएमसी (COVID-19 Crisis Management Center) मा समेत उनको संलग्नता रहँदै आएको थियो ।

यदि शर्मा परराष्ट्रमन्त्री नियुक्त भएमा अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ । पछिल्लो समय मन्त्रिपरिषद् विस्तारलाई लिएर राजनीतिक वृत्तमा चासो बढिरहेको छ ।

सरकारी तहबाट औपचारिक पुष्टि हुन बाँकी रहे पनि आजै शपथ कार्यक्रम हुने तयारीले राजनीतिक सरगर्मी बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय