अमेरिकाको क्यालिफोर्नियामा क्रिसमसको रात परेको भीषण वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार दक्षिणी क्यालिफोर्नियाका धेरै क्षेत्रमा असाधारण वर्षा हुँदा सडक डुबानमा परेका छन् भने दर्जनौँ स्थानमा पहिरो गएको छ। लस एन्जलस काउन्टीमा मात्र २७ सेन्टिमिटरसम्म वर्षा मापन गरिएको छ।

बाढीको पानीमा फसेका सवारी साधन र घरहरूबाट मानिसहरूलाई उद्धार गर्न आपतकालीन टोली खटाइएको छ। खराब मौसमका कारण धेरै प्रमुख सडक बन्द गरिएका छन्।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले आपतकाल घोषणा गर्दै जनतालाई सतर्क रहन आग्रह गरेका छन्। हाल राज्यभर करिब १ लाख मानिस विद्युत् सेवाविहीन बनेका छन्।

मौसम विभागले शुक्रबारसम्म आँधी र वर्षा जारी रहने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय