latest
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||    विष्णु सापकोटा अष्ट्रेलियामा अरबपति बन्ने बाटोमा  ||    काँग्रेस नेताको छत्रछायामा रमाएको गुण्डाले यति सम्म गरेको रहेछ  ||   
सोमबार , भाद्र ३०, २०८२

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ।

कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार, उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए। गत भदौ ५ गते (दुई दिनअघि) उनीहरू गोरखपुरबाट पोखरा आएका थिए। उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए।

बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए। यात्राकै क्रममा उनीहरू आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो।

प्रहरीका अनुसार, अहिलेसम्म १४ जनाको शव भेटिएको छ। अन्य १६ जना घाइतेको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ।

बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार थिए।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय