काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूसँग अनौपचारिक संवादमा रमाइरहेका देखिएका छन्। सोही क्रममा उनले उपस्थित प्रतिनिधिहरूसँग गफिँदै गर्दा गायिका ज्योति मगरलाई आफ्नो भागको सुन्तला दिएको दृश्य सबैको ध्यान खिचेको छ।
महाधिवेशनको चहलपहलबीच ओली प्रतिनिधिहरूसँग सहज र खुला ढंगले कुराकानी गर्दै थिए। त्यही बेला नजिकै रहेकी ज्योति मगरसँग पनि उनले आत्मीय व्यवहार देखाउँदै आफ्नो भागको सुन्तला दिएका हुन्। सो क्षणलाई केही प्रतिनिधिहरूले मोबाइलमा कैद गरेका छन्, जसको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
पछिल्लो समय एमालेसँग नजिक देखिँदै आएकी गायिका ज्योति मगर महाधिवेशनस्थलमा विभिन्न उम्मेदवारको पक्षमा मत माग्दै ‘रोड शो’ शैलीमा सक्रिय देखिएकी छन्।






