latest
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||    विष्णु सापकोटा अष्ट्रेलियामा अरबपति बन्ने बाटोमा  ||    काँग्रेस नेताको छत्रछायामा रमाएको गुण्डाले यति सम्म गरेको रहेछ  ||   
सोमबार , भाद्र ३०, २०८२

महोत्तरीको जलेश्वर नगरपालिका ८ की नवविवाहित युवती २० वर्षीया रिनादेवी रायको मंगलबार राति शंकास्पद मृत्यु भयो । माइत पक्षले उनको हत्या भएको आरोप लगाएको छ । मृतक रिनाको शव दुई दिनदेखि आज जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको थियो । आज पोष्टमार्टम भएलगत्तै उनको शव लिएर श्रीमान पक्षले भागेको भन्दै अस्पतालमा माइत पक्षले प्रदर्शन गरेका छन् ।

धनुषाको हँसपुर नगरपालिका ६ की रिनाको सामाजिक परम्परा अनुसार गत वैशाख १९ मा मात्रै रोहनसँग विवाह भएको थियो । माइती पक्षले सुनचाँदीका गरगहना, फर्निचर, लत्ताकपडासहित करिब १५ खर्च गरेको दाबी गरेको छ ।

थप दाइजो माग्ने गरेपछि रिना केही समयदेखि माइतीमा थिइन् । माइतीबाट घर गएकै राति उनको आफ्नै श्रीमान, सासु, ससुरासहितले रिनाको हत्या गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी समेत दर्ता गराएको छ ।

माइत पक्षले रिनाको हत्या गरेकाले आफूहरु नै दाहसंस्कार गर्ने तयारी गरेको थियो । रिनाको माइत पक्षका एक युवकले भने, ‘शव लग्न हामीसँग हस्ताक्षर गराएको थियो । हामीले कहाँ दाहसंस्कार गर्ने छलफल गरिरहेका थियौं । त्यही क्रममा शव लिएर केटा पक्ष फरार भयो ।’

शव लिएर भाग्न अस्पतालमा बस्ने प्रहरीले सहयोग गरेको उनले आरोप लगाए । प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका उनले भने, ‘प्रहरीले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने हो । तर शव लिएर भाग्न सहयोग गर्दा अब निष्पक्ष छानबिन हुनेमा शंका लाग्यो । प्रहरीले नै पैसा खाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय