काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति पौडेलको सचिवालय स्रोतका अनुसार थापाले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। उनी आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारीमा रहेको कारण राजीनामा दिएका बताइएको छ।

राजनीतिक तथा नीतिगत विषयमा राष्ट्रपति पौडेललाई सल्लाह दिने जिम्मेवारीमा रहेका थापाको राजीनामापछि सचिवालयको संरचनामा फेरबदल हुने देखिएको छ।

नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारका रूपमा थापाको नाम अघि सारिँदा उनले पदबाट अलग भएर संवैधानिक र नैतिक मापदण्डअनुसार चुनावी प्रक्रियामा सहभागी हुने निर्णय लिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय