काठमाडौं। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि रस्साकस्सी चलिरहेका बेला गायिका ज्योती मगर भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पुगेर उम्मेदवारका पक्षमा मत माग्दै ब्यस्त देखिएकी छन्।

महाधिवेशनस्थलमा उनले पूर्ण गुरुङसहित एमालेका केही उम्मेदवारहरूको समर्थनमा ‘रोड शो’ शैलीमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै भोट मागेकी हुन्। उनले पूर्ण गुरुङ लगायत उम्मेदवारलाई मत मागेकी छन् । यस क्रममा उनी उम्मेदवारहरूका पक्षमा नाराबाजी र उत्साहपूर्ण अभिव्यक्तिसहित सहभागी भएकि छन्।

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र जेन–जी आन्दोलनप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएकी ज्योती मगर एमालेसँग नजिकिएको रूपमा देखिँदै आएकी छन्। महाधिवेशनस्थलमै पुगेर उम्मेदवारका लागि मत माग्नुले उनको राजनीतिक झुकावलाई लिएर थप चर्चा सुरु भएको छ।

एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ भने नेतृत्व चयनको परिणामले पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय