काठमाडौं। जेन–जी पुस्ताका चर्चित र्‍यापर साकार र लोकप्रिय गायिका दीक्षिता कार्कीका लागि सोमबार विशेष र उत्साहप्रद दिन बनेको छ। उनीहरूको पछिल्लो सांगीतिक सहकार्य ‘अहिले भेट्न आऊ’ ले युट्युबमा १० लाख भ्यूज (१ मिलियन) पार गरेको छ।

यस सफलतासँगै साकारले प्रशंसकहरूका लागि अर्को ठूलो घोषणा पनि गरेका छन्। उनले दीक्षितासँगको प्रेम सम्बन्धलाई औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

रोमान्टिक तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै साकारले गीतले १० लाख भ्यूज पुर्‍याएको खुसी र आफूहरूबीचको सम्बन्धले एक वर्ष पूरा गरेको जानकारी दिएका छन्।

उनले लेखेका छन्—

“हाम्रो गीत ‘अहिले भेट्न आऊ’ लाई १० लाख पटक हेरियो र एक वर्षको साथ। धन्यवाद युनिभर्स।”

पछिल्लो एक वर्षदेखि साकार र दीक्षिताबीच प्रेम सम्बन्ध रहेको अनुमान सामाजिक सञ्जालका पोस्ट र सार्वजनिक उपस्थितिबाट लगाइँदै आएको थियो। तर, उनीहरूले यस विषयमा खुलेर बोलेका थिएनन्।

सोमबार भने साकार स्वयंले सम्बन्धको पुष्टि गरेपछि प्रशंसकहरूमा थप उत्साह देखिएको छ।

गीतको सफलतासँगै प्रेम सम्बन्धको सार्वजनिक घोषणाले साकार–दीक्षिता जोडीलाई अहिले संगीत र मनोरञ्जन क्षेत्रको चर्चाको केन्द्रमा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय