काठमाडौं। प्रतिनिधि सभाका सदस्य तथा संघीय संसद अन्तर्गतको अर्थ समितिका तत्कालीन सभापति सन्तोष चालिसेविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरसमेत रहेका कांग्रेस नेता चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार चालिसेले आफ्नो सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै उक्त रकम बराबरको बिगो मागदाबी गरिएको छ।

गैरकानूनी रूपमा आर्जित सम्पत्तिबाट किनेका वा सञ्चालित भनिएका सम्पत्तिहरू जफत गर्ने प्रयोजनार्थ चालिसेका—

पत्नी मन्दिरा चालिसे

छोरा सागर र सञ्जीव

बुहारी प्रमिला
लाई समेत प्रतिवादी बनाइएको छ।

अख्तियारले दायर गरेको अभियोगपत्रमा परिवारका सदस्यको नाममा राखिएका सम्पत्ति पनि भ्रष्टाचारजन्य आम्दानीबाट जोडिएको उल्लेख गरिएको छ।

अब उक्त मुद्दामा विशेष अदालतले सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय