काठमाडौं। नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीको सक्रिय राजनीति त्याग्ने घोषणा गरेका छन्।

आइतबारदेखि सुरु भएको एमालेको बन्दसत्रमा सम्बोधन गर्दै बडालले आगामी महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय सार्वजनिक गरेका हुन्।

उनले अब आफू पदको आकांक्षाभन्दा बाहिर रहेर भुइँस्तरमै बसेर पार्टी र जनताको हितमा समर्पित भएर काम गर्ने स्पष्ट पारे।

केशव बडाल २०७८ सालदेखि एमाले अनुशासन आयोगका अध्यक्षको जिम्मेवारीमा रहेका थिए।
उनी नेकपा (माले)को स्थापना कालदेखि नै सक्रिय नेता हुन् भने २०३१ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका छन्।

एमालेमा उनले—

सल्लाहकार परिषद् अध्यक्ष

केन्द्रीय सहकारी विभाग प्रमुख

उद्योग विभाग प्रमुख

मध्यमाञ्चल तथा क्षेत्रीय इन्चार्ज
जस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए।

यसैगरी, २०५६ सालदेखि केन्द्रीय कमिटी सदस्यका रूपमा पार्टी संगठन र नीतिगत काममा उनको सक्रिय भूमिका रहँदै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय