काठमाडौं। गोरखाको धार्चे गाउँपालिका–२ मा रहेको गण्डकी माध्यमिक विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई मंगलबार विशेष कार्यक्रमका साथ हेलिकप्टरमा चढाएर बिदाइ गरिएको छ।
वडाध्यक्ष सरोज गुरूङका अनुसार,
“हिजो बिदाइ गरिएको हो। विद्यालयको स्थापनाकालदेखि नै उहाँले यहाँ काम गर्नुभयो। भूपु विद्यार्थी, अभिभावक र शिक्षकहरूले उनलाई हेलिकप्टर चढाएर बिदाइ गरेका हुन्।”
उपरकोटीले विद्यालयलाई १० कक्षासम्म विस्तार गर्न ठूलो योगदान दिएका थिए। वडाध्यक्ष गुरूङले भने,
“कक्षा ३, कक्षा ८ हुँदै कक्षा १० सम्म विद्यालय विस्तारमा उहाँले महत्वपूर्ण भूमिका खेलेका छन्। शिक्षामा दिएको योगदानको सम्मान स्वरुप यो विशेष बिदाइ गरिएको हो।”
उपरकोटीको ३६ वर्ष ८ महिना र २२ दिनको सेवाभन्दा उनलाई यस्तो विशेष बिदाइ गरिएको हो, जसले विद्यालय समुदायमा उनी प्रति रहेको सम्मान र माया झल्काउँछ।






