भारतको गोवास्थित अरपोरा नाइट क्लबमा भएको भीषण आगलागीमा ज्यान गुमाउने २५ जनामध्ये पाँच नेपालीको पहिचान खुलेको छ। तीमध्ये झापाका दुई युवा—सुदीप गुरुङ र सविन विश्वकर्मा—इन्टर्नशिपका लागि पुगेका थिए।

सँगै पढेका मित्र, सँगै अन्तिम यात्रामा

भद्रपुरका २२ वर्षीय सुदीप गुरुङ र १९ वर्षीय सविन विश्वकर्मा एकै कलेज (एमरेल्ड एकेडेमी) मा होटल म्यानेजमेन्ट पढ्ने साथी।
दुवै जीवन उक्साउने सपना लिएर गोवा पुगेका थिए—तर एकै रात आगोले दुवैलाई लिएर गयो।

सुदीप : बाख्रा पालेको आमाबुवाको आशा

वर्षौँ दुःख गरेर बाख्रा–खसी पालेर शिक्षा दिएको परिवार।

१२ कक्षामा ढिलो पास भएपछि ढिलो इन्टर्न गए—तर जीवनले साथ दिएन।

सविन : घर खर्च चलाउने जिम्मेवारी बोकेको छोरा

आर्थिक कठिनाइका बीच मामाले शुल्क तिरेर पढाएका।

आमाबुवा वैदेशिक रोजगारीमा,

घरमा साना दिदीभाइ–बहिनी—जसको खर्च सविनले गोवाबाट पठाउने पैसा चल्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय