नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अखिल क्रान्तिकारीद्वारा आयोजित जेनजी महोत्सवको उद्घाटन समारोहमा अपेक्षाकृत कम उपस्थिति देखिएपछि असन्तुष्टि व्यक्त गरेका छन्।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले कार्यक्रममा खचाखच भीड हुनुपर्ने बताउँदै अहिलेको दृश्य “अलि खल्लो” देखिएको टिप्पणी गरे।
उनले भने—
“यो उद्घाटन सत्र खचाखच भरिनुपर्थ्यो। तर अलि खल्लोजस्तो देखियो। आउने दिनमा राम्रो तयारी गरेर मात्रै कार्यक्रम गर्न निर्देशन दिन्छु। बरु दुई–चार दिन ढिला भएर केही बिग्रँदैन।”
प्रचण्डले पार्टीले हालै गरेको एकता सन्देश सभा उत्कृष्ट तयारीका साथ सम्पन्न भएको उल्लेख गर्दै त्यसले देश–विदेशमा सकारात्मक प्रभाव पारेको दाबी गरे। आगामी कार्यक्रमहरू पनि त्यही स्तरको तयारीका साथ गर्नुपर्ने उनले जोड दिए।





